Echos of Nepali Essence
Connecting Nepalese everywhere with stories that matter
अहिले क्याम्बोडिया लगायत South East Asia का विभिन्न देशहरूमा “उच्च तलब” र “सजिलो काम” को प्रलोभनमा परेर धेरै नेपाली युवायुवतीहरू फसिरहेका छन्। तर यस्तो गम्भीर समस्यालाई नेपाल सरकारले अझैसम्म गम्भीर रूपमा लिएको देखिँदैन। हालै मात्र करिब ५०० जना (धेरैजसो ३० वर्ष मुनिका) नेपालीहरू विभिन्न निकायको सहयोगमा फेला परेको खबर आए पनि, पीडितहरूले बारम्बार परराष्ट्र मन्त्रालयमा पत्राचार गर्दा पनि कुनै ठोस सहयोग नपाएको गुनासो गरिरहेका छन्।
सरकारबाट आउने आश्वासनहरू धेरैजसो झुटो आशा (fake hope) जस्तो मात्र देखिएको छ, ground मा खासै परिवर्तन छैन। अझ उद्धारको नाममा परिवारसँग पैसा असुल्ने, अनि मिडियामा “उद्धार गरियो” भनेर प्रचार गर्ने तर वास्तविक पीडितहरूलाई अझै समस्यामा राख्ने काम भइरहेको छ। दूतावासको अभाव, ढिलो प्रतिक्रिया, र वास्तविक कामभन्दा बढी प्रचारमा ध्यान दिइँदा आजको युवा पुस्ता नै सबैभन्दा ठूलो जोखिममा परेको छ।
🙏 सबै दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध. विदेश जानु अघि राम्रोसँग बुझेर मात्र निर्णय लिनुहोस्। सम्बन्धित निकायले अब ढिला नगरी वास्तविक कदम चाल्नु अत्यन्त आवश्यक छ। यो अब व्यक्तिगत होइन, राष्ट्रिय स्तरको गम्भीर विषय बनिसकेको छ।
नेपालको वर्तमान अवस्था हेर्दा एउटा कुरा प्रस्ट देखिन्छ.. गुन्डागर्दी, ठगी र डरको संस्कृति हाम्रो समाजमा नयाँ भएर आएको होइन, बरु वर्षौंदेखि बिस्तारै गहिरिँदै आएको समस्या हो। समय बदलियो, सरकार बदलियो, नीति बदलिएको जस्तो देखियो, तर जमिनको वास्तविकता धेरै ठाउँमा उस्तै छ। फरक यत्ति हो.. पहिला यो गल्ली र समूहमा सीमित थियो, अहिले यो खुलेआम सामाजिक सञ्जालमा देखिन थालेको छ।
आजको युवापुस्तामा “शक्ति देखाउने” एउटा ट्रेन्ड बनेको छ।
TikTok, Facebook, Reels मा पाखुरा देखाउने, समूह बनाएर हतियार देखाउने, खुकुरीले केक काट्ने, भिडमा आफ्नो presence देखाउने. यी सबै केवल रमाइलोको लागि होइन, यो चिनिने, डर देखाउने र influence बनाउने माध्यम बनिसकेको छ। समाजले हेर्छ, लाइक गर्छ, शेयर गर्छ. अनि त्यो नै validation बन्छ। त्यसपछि अरु युवाले पनि त्यही बाटो समात्छन्।
यो अवस्था किन आयो?
किनकि हाम्रो समाजमा बिस्तारै एउटा गलत मान्यता बस्दै गयो
डर देखाउने मान्छे “strong”, “powerful” र “connected” हुन्छ।
र जब समाजले यस्तो व्यवहारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वीकार गर्छ, त्यहाँबाट समस्या अझै गहिरिन्छ।
यसैबीच, अहिले फेरि नयाँ गृहमन्त्री सुदन गुरुङ आएपछि “नाइट अपरेशन” सुरु भएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई समातिएको छ, भिडियोहरू हटाइएका छन्, समूहहरू तोड्ने प्रयास भइरहेको छ। सतहमा हेर्दा यो सकारात्मक कदम हो, र कानुन लागू हुनु अनिवार्य पनि छ।
तर गहिरो प्रश्न त्यहीँ छ
के यो दीर्घकालीन समाधान हो, कि फेरि केही समयको लागि मात्र देखिने एक्सन?
हामीले विगतमा पनि धेरै पटक यस्तै देखेका छौं।
काठमाडौं उपत्यकामा विभिन्न समयमा SSP हरूको नेतृत्वमा कडा अभियान चले—क्लबहरूमा छापा, समूहहरूमा निगरानी, सडकमा कडाइ। केही समयका लागि शान्ति आयो। मानिसले महसुस गरे—अब केही सुधार भयो। तर केही महिना बित्न नपाउँदै फेरि उही दृश्य, उही शैली, उही डर फर्कियो।
किन यस्तो चक्र दोहोरिन्छ?
किनकि हामीले समस्या सतहमा मात्रै समात्यौं, जरा कहिल्यै उखेलेनौं।
👉 बेरोजगारी र अवसरको अभाव
नेपालका धेरै युवा अझै पनि स्पष्ट दिशा र अवसर बिना छन्। जब काम छैन, भविष्य अनिश्चित छ, तब शक्ति देखाएर चिनिनु सजिलो विकल्प जस्तो देखिन्छ।
👉 सामाजिक सञ्जालको प्रभाव
आज गलत कामले पनि भ्यूज र फेम दिन्छ। जसले जति देखायो, उसले त्यति attention पायो। यसले गुन्डागर्दीलाई पनि “कन्टेन्ट” बनाइदियो।
👉 राजनीतिक छायाँ
कतिपय समूहहरू शक्तिशाली व्यक्तिहरूसँग जोडिएका हुन्छन्। यसले कानुनलाई कमजोर बनाउँछ र accountability हराउँछ।
👉 समाजको भूमिका
हामी आफैंले कहिलेकाहीँ डर देखाउनेलाई “दमदार” भनेर हेर्छौं। यही सोचले गलतलाई ऊर्जा दिइरहेको छ।
👉 प्रहरीको सीमितता
प्रहरीले समात्न सक्छ, नियन्त्रण गर्न सक्छ—तर यदि सिस्टमले सुधार गर्ने व्यवस्था दिन सकेन भने, फेरि त्यही व्यक्ति उही बाटोमा फर्किन्छ।
अनि यहाँ अर्को गम्भीर कुरा उठ्छ—
कानुन लागू गर्ने शैली कस्तो छ?
यदि कारबाही केवल देखाउने, शक्ति प्रदर्शन गर्ने, डर देखाउने शैलीमा भयो भने, त्यसले आफैंमा अर्को किसिमको सन्देश दिन सक्छ।
युवाले के बुझ्छ?
कि शक्ति भनेको डर हो।
कि जसले कडा देखायो, उसैको राज चल्छ। या त प्रहरी , या त केहि फरक बिचार बोकेका ब्यक्तिहरु
त्यसो भए गल्लीको गुन्डा र सिस्टमको व्यवहारबीच फरक कहाँ रह्यो?
यदि हामीले सोच परिवर्तन गर्न सकेनौं भने,
गुन्डागर्दी केवल रूप फेर्छ—कहिले सडकमा, कहिले सिस्टमभित्र।
त्यसैले यो लडाइँ केवल अपराधी समात्ने होइन—
यो समाजको सोच, संरचना र भविष्य बदल्ने लडाइँ हो।
अब के गर्नुपर्छ?
कडा कारबाही आवश्यक छ—तर त्यो मात्र पर्याप्त छैन।
पक्राउसँगै सुधारको बाटो दिनुपर्छ।
युवालाई सीप, रोजगारी र दिशा दिनुपर्छ।
राजनीतिक हस्तक्षेप हटाउनुपर्छ।
प्रहरीलाई स्वतन्त्र र जिम्मेवार बनाउनुपर्छ।
सामाजिक सञ्जालमा जिम्मेवारी बढाउनुपर्छ।
र सबैभन्दा ठूलो कुरा—समाजले गलतलाई “ग्लोरिफाइ” गर्न छोड्नुपर्छ।
यो केवल सरकारको जिम्मेवारी होइन।
यो हामी सबैको साझा जिम्मेवारी हो।
आजको अपरेशनले सन्देश दिएको छ—केही भइरहेको छ।
तर भोलिको नेपाल कस्तो हुन्छ भन्ने कुरा,
हामीले आज कस्तो सोच बनाउँछौं त्यसमा निर्भर छ।
हामी डरमा चल्ने देश बनाउने हो?
कि अवसर, न्याय र चेतनामा आधारित समाज?
यदि साँच्चै परिवर्तन चाहिएको हो भने,
क्षणिक एक्सन होइन, गहिरो सुधार चाहिन्छ।
नत्र केही समयपछि फेरि उही खबर आउनेछ,
फेरि उही भिडियो भाइरल हुनेछ,
र हामी फेरि यही प्रश्न सोधिरहेका हुनेछौं।
अहिले social media मा फरक मत राख्नु भनेको अपराध जस्तो भएको छ। आफ्नो विचार राख्नेबित्तिकै गाली, अपमान र attack सुरु हुन्छ। अमिशा पराजुली जस्ता हजारौँ चेलीहरू comment section मै शब्दले नाङ्गो बनाइन्छन्।
यो केवल व्यक्तिमाथि हमला होइन, हाम्रो समाजको सोचको समस्या हो। असहमतिलाई दुश्मनी बनाउने संस्कारले सबैलाई बोल्न डर लाग्ने बनाउँदैछ।
✍️सबिन गुरुङ, परिवर्तनको पक्षमा
***nShah ***n
#कामरेड_आवाज #परिवर्तन #नयाँनेपाल #युवा_शक्ति #सचेत_नागरिक #व्यवस्था_परिवर्तन
Tiny dragon, big vibes 🐉✨
Just chilling and living life underwater.
Echos of Nepali Essence Sabin Gurung
29/03/2026
नेपालको वर्तमान अवस्था हेर्दा प्रश्न केवल “अपराधीलाई कस्तो सजाय दिने?” भन्ने मात्र होइन, “समाज किन यस्तो बन्दैछ?” भन्ने पनि हो। आज बलात्कार, हत्या, घरेलु हिंसा, बाल हिंसा, आत्महत्या, depression, anxiety, substance abuse, online exploitation जस्ता समस्या छुट्टाछुट्टै घटना जस्तो देखिए पनि तिनको जरा एउटै ठाउँमा पुगेर जोडिन्छ—नैतिक शिक्षाको कमजोरी, मानसिक स्वास्थ्यप्रति बेवास्ता, psychological trauma को उपचार नहुनु, toxic social environment, र जिम्मेवारीहीन सामाजिक संस्कार।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार विश्वभर करिब 3 मध्ये 1 महिलाले जीवनमा कुनै न कुनै समयमा physical वा sexual violence भोगेका छन्। यसले के देखाउँछ भने हिंसा केवल व्यक्तिगत कमजोरी वा कानुनी त्रुटिको परिणाम होइन, यो गहिरो सामाजिक, मानसिक र संरचनागत समस्यासँग जोडिएको विषय हो। त्यस्तै मानसिक स्वास्थ्य पनि आजको सबैभन्दा गम्भीर सामाजिक चुनौतीमध्ये एक बनेको छ। तनाव, बेरोजगारी, पारिवारिक दबाब, migration pressure, social media comparison, relationship breakdown, र भविष्यप्रतिको असुरक्षाले विशेषगरी युवापुस्तामा psychological burden अझ बढाइरहेको छ।
यही कारणले फाँसी, मृत्युदण्ड वा कडा सजायको बहस मात्र पर्याप्त हुँदैन। सजाय कडा हुनुपर्छ, कानुन बलियो हुनुपर्छ, पीडितले छिटो न्याय पाउनुपर्छ—तर त्यतिले मात्र समाज बदलिँदैन। जब परिवारमा संवाद हराउँछ, विद्यालयमा character-building कमजोर हुन्छ, mental health लाई अझै लाज वा पागलपनसँग जोडेर हेरिन्छ, counseling पहुँचमा हुँदैन, social media ले objectification र हिंसात्मक सोचलाई सामान्य बनाउँछ, अनि समाज victim blaming मा व्यस्त हुन्छ—त्यहाँ अपराध केवल कानुनी मुद्दा नभई सामाजिक रोग बन्छ।
नेपाललाई आज केवल कडा कानुन होइन, सही चेतना चाहिएको छ। विद्यालयदेखि नै नैतिक शिक्षा, consent education, youth-focused mental health support, psychological counseling को सहज पहुँच, domestic violence र sexual abuse विरुद्ध zero tolerance culture, र परिवार–समाज–विद्यालय–राज्यबीच साझा जिम्मेवारीको आवश्यकता छ। किनकि फाँसीले शरीर रोकिन सक्छ, तर बिग्रिएको सोच रोकिन्न। कानुनले डर दिन सक्छ, तर चरित्र बनाउँदैन। समाज बचाउने हो भने सजायसँगै शिक्षा, psychology, mental health, र social responsibility लाई पनि बलियो बनाउनैपर्छ। नत्र हरेक घटना पछि हामी कराउँछौँ, रिसाउँछौँ, सजाय माग्छौँ—तर समस्या फेरि त्यहीँ फर्केर आउँछ।
29/03/2026
नेपाली युवाहरू हाम्रो भविष्यको मेरुदण्ड हुन्—तर धेरैजसो युवाहरू अपराध, लागूपदार्थ, वेश्यावृत्ति, ग्याङ, र अनलाइन स्क्याममा फसिरहेका छन्।
रिपोर्टहरूले देखाउँछ कि नेपाल अझै पनि मानव बेचबिखनको ग्लोबल वाच लिस्टमा छ, जहाँ हरेक वर्ष हजारौं महिला र युवतीहरू भारत र खाडी मुलुकमा वेश्यावृत्तिमा तानिन्छन्।
👉 कतार, साउदी अरब, र मलेसियामा धेरै युवाहरू अवैध काम र ग्याङमा संलग्न छन्।
👉 युरोपमा करिब १,५०,००० भन्दा बढी नेपाली बसोबास गर्छन्—केही सुरक्षित रोजगारीमा छन् तर धेरैजसोले अवैध काम र शोषणको सामना गरिरहेका छन्।
👉 करिब २०% युवाहरू अझै हराइरहेका वा अवैध रूपमा काम गरिरहेका छन्, जबकि केही मात्र उद्धार भएका छन्।
नेपाल १९३ देशमध्ये २७औँ स्थानमा छ अपराध सूचकाङ्कमा। बेरोजगारीले युवाहरूलाई ग्याङमा धकेल्छ, लागूपदार्थ सजिलै उपलब्ध छ, र साइबर अपराध बढ्दैछ।
यो केवल तथ्य मात्र होइन—यो हाम्रो जीवन हो। हरेक युवा अपराध वा बेचबिखनमा हराउँदा नेपालले आफ्नो भविष्य गुमाउँछ।
👉 अब सरकारले मिडिया शो र प्रतिष्ठा खेलभन्दा बाहिर निस्केर नागरिकको सुरक्षाका लागि ठोस नियम र कडा कार्यान्वयन गर्नुपर्ने समय आएको छ। युवाहरूलाई अवसर, सम्मान र सुरक्षित भविष्य चाहिन्छ।
#नेपालीयुवा #सुरक्षितभविष्य #युवाशक्ति
28/03/2026
नेपालका युवाको भविष्य केवल नेपालभित्रका नीतिले मात्र तय हुँदैन, विश्व राजनीति र भू-राजनीतिले पनि धेरै असर गर्छ।
जब शक्तिशाली देशहरूले भिसा नीति बदल्छन्, रोजगारीका अवसर घटाउँछन् वा बढाउँछन्, तेलको मूल्य बढ्छ, युद्ध हुन्छ, वा अन्तर्राष्ट्रिय सम्बन्ध बदलिन्छ- त्यसको असर नेपाली युवाले सीधै महसुस गर्छन्: वैदेशिक रोजगारी, रेमिटेन्स, महँगी, शिक्षा, र भविष्यका अवसरहरूमा।
अर्थात्, धेरै नेपाली युवा केवल आफ्नो देशभित्र हुर्किरहेका छैनन्,
उनीहरू विश्व शक्ति-सन्तुलनको खेलभित्र आफ्नो भविष्य खोजिरहेका छन्।
#तथ्य #नेपालीयुवा #भूराजनीति
राजनीतिक विश्लेषक विमल पोखरेल केपी ओली र रमेश लेखक पक्राउ परेपछि लेख्छन्...
केपी ओली र रमेश लेखकहरूले पञ्चायती व्यवस्था फाले, कुनै पनि पञ्चहरूलाई पक्राउ गरेनन् । सिङ्गो व्यवस्था नै आफ्नो हातमा आएको बेला पक्राउ गर्न नसकेर होइन, देशलाई मुठभेड होइन, शान्तिपूर्ण ढंगले अगाडि लैजानुपर्छ भनेर हो । तिनीहरूले नेतृत्व गरेर २५० वर्षको राजतन्त्र फालेर गणतन्त्र ल्याए, तर तत्कालीन राजा, प्रधानमन्त्री, गृहमन्त्री कोही कसैलाई पक्राउ गरिएन । पक्राउ गर्न नसकेर होइन, व्यवस्था नै फालेपछि एक थान राजा, प्रधानमन्त्री पक्राउ गरेर केही हुनेवाला थिएन ।
बालेन्द्र शाह, जसले सिंहदरबार जलायो, त्यो व्यक्ति प्रधानमन्त्री बनेको छ । सुधन गुरुङ, जो आफै सिंहदरबार जलाउने काममा संलग्न थियो, उही व्यक्ति गृहमन्त्री छ । कुख्यात सहकारी ठगहरू, सिंहदरबार जलाउने अपराधीहरूले चुनाव जितेर आएका छन् र चुनाव हारेर राजनीतिको किनारमा धकेलिएका केपी ओली, रमेश लेखकजस्ता नेताहरू पक्राउ गरिरहेका छन् । यिनीहरू देश बनाउन आएकै होइनन्, देशलाई राजनीतिक मुठभेडमा लैजान र देशलाई खरानी बनाउन आएका हुन् । यो गिरोहको आयु धेरै लामो छैन ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
