Sita Panta Chhatkuli Cancer Support Campaign
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sita Panta Chhatkuli Cancer Support Campaign, Health/Beauty, kathmandu, Kathmandu.
नमस्कार सम्पूर्णमा 🙏🏻
यस कठिन समयमा हाम्रो पीडा बुझेर आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु। यहाँहरूको सानो–सानो सहयोगले पनि हामीलाई ठूलो हौसला र आशा दिएको छ।
अहिलेसम्म सहयोग गर्नुहुने सबै महानुभावहरू प्रति सम्मान प्रकट गर्दै, अझै सहयोगको आसा राख्दैइच्छुक महानुभावहरूलाई पनि यस पुण्य कार्यमा साथ दिन हार्दिक अनुरोध गर्दछु। तपाईंहरूको साथ, सद्भाव र सहयोगले हामीलाई यो अप्ठ्यारो परिस्थिति पार गर्न ठूलो बल मिल्नेछ।
सहयोगी हातहरू जोडिँदै जाऊन्, मानवताको भावना अझ मजबुत बनोस्।
धन्यवाद 🙏🏻
Liverpool HR Solution, स्वयम्भू, काठमाडौं (राम न्यौपाने + बिष्णु पन्त) — ५०,०००/-
राम प्रसाद पन्त, क्यानाडा — ४९,५००/-
नुर पन्त, काठमाडौं — २०,०००/-
जीवन पन्त, चितवन — ३०,०००/-
माया पाण्डे, Liverpool HR Solution, स्वयम्भू, काठमाडौं — २०,०००/-
नारायण भट्टराई, Milestone Printers, काठमाडौं — १५,५५५/- नेत्र प्रसाद पन्त — ११,०००/-
प्रमिला थापा, काठमाडौं — १०,०००/-
रमिला श्रेष्ठ, काठमाडौं — १०,०००/-
ओम ढकाल, काठमाडौं — ५,०००/-
माधव न्यौपाने, काठमाडौं — ५,०००/-
गीता पौड्याल, काठमाडौं — ५,०००/-
सुमित्रा श्रेष्ठ, काठमाडौं — ५,०००/-
आर.सी. पन्त, काठमाडौं — ५,०००/-
कृष्ण भट्टराई, काठमाडौं — ५,०००/-
के.पी. भट्टराई, धादिङ — २,५००/-
बिष्णु भट्टराई, युनाइटेड किङडम — १०,०००/-
बिष्णु पन्त, काठमाडौं — १,००,०००/-
मुना अधिकारी, काठमाडौं — १०,०००/-
सुजन न्यौपाने, काठमाडौं--५००००/-
सङ्गीन ढकाल, अष्ट्रेलिया — २,५००/-
रुपक अर्याल, काठमाडौं — २,०००/-
शंकर अधिकारी, काठमाडौं — ५०,०००/-
नवराज पनेरु, काठमाडौं — २०,०००/-
मेरो सम्पर्कमा हुनु भएका सहयोगी महानुभावहरूको नाम तथा ठेगाना उल्लेख गरेको छु। थप सहयोगी मनहरू जोडिँदै जानु भएको हुँदा क्रमशः अद्यावधिक (अपडेट) गर्दै जानेछु।
यहाँहरूको साथ, सहयोग र सद्भावका लागि पुनः एकपटक हार्दिक धन्यवाद। 🙏🏻
27/02/2026
नमस्कार🙏🏻🙏🏻
म सीता पन्त छत्कुलि(उमेर: ४० वर्ष)
जन्मघर: गण्डकी गाउँपालिका–०३ (साविक फुजेल–०५), गोरखा
कर्मघर: ज्वालामुखी गाउँपालिका–०७ (साविक चैनपुर–०२), धादिङ
विगत ७/८ वर्षदेखि गोरखाको फुजेल र त्यसपछि काठमाडौंको काभ्रेस्थलीमा कृषि फर्म (र्गाईपालन तथा तरकारी खेती)गर्दै परिवार चलाउँदै आएकी थिएँ। आफ्नै श्रम र पसिनाले परिवार सम्हाल्दै सामान्य जीवन बिताइरहेकी थिएँ।
तर गत नोभेम्बर महिनाको अन्तिम सातातिर स्तनमा असामान्य समस्या देखिएपछि काठमाडौंस्थित Tribhuvan University Teaching Hospital मा स्वास्थ्य परीक्षण गराउँदा स्तन क्यान्सर दोस्रो चरण (Stage II) मा पुगिसकेको पुष्टि भयो।
चिकित्सकको सल्लाह अनुसार यथाशीघ्र शल्यक्रिया आवश्यक थियो। तर नेपालका विभिन्न क्यान्सर अस्पतालहरूमा ६–८ हप्तासम्म पालो कुर्नुपर्ने अवस्था रहेकाले परिवार तथा आफन्तजनको सल्लाह र सहयोगमा भारतको नयाँ दिल्लीस्थित Rajiv Gandhi Cancer Institute and Research Centre मा गई गत डिसेम्बर ०९ गते सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरें।
हाल प्रत्येक २१ दिनमा केमोथेरापी गराउँदै उपचार जारी राखेकी छु। हालसम्म ३ चक्र केमोथेरापी सम्पन्न भइसकेको छ र अझै ६ चक्र बाँकी छन्। त्यसपछि रेडियोथेरापी, विभिन्न परीक्षण तथा दीर्घकालीन औषधि सेवन आवश्यक पर्नेछ।
लामो तथा खर्चिलो उपचार पद्धति, औषधि, बसोबास तथा नियमित फलोअपका लागि नयादिल्लि जाने-आऊने गर्नु पर्दा आवश्यक आर्थिक व्यवस्थापन गर्न कठिनाइ हुने भएको छ।
शारीिरक अस्वस्थ्यता र लामो उपचार प्रक्रियाका कारण मैले गर्दै आएको कृषि फर्म/कर्म बीचमै रोक्नुपरेको छ। यस कठिन घडीमा म सम्पूर्ण सहयोगी मनहरू समक्ष आर्थिक सहयोगको लागि हार्दिक अपिल गर्दछु—
यहाँहरूको सानो सहयोगले पनि #क्यान्सर_विरुद्ध लड्न ठूलो आत्मबल प्रदान गर्नेछ।
दयालु महानुभावहरूले यसै साथ संलग्न
Nepal SBI Bank को खाता नः 20115243403697 वा तल उपलब्द QR Code मार्फत सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।
📞 सम्पर्क नम्बर: +977-9841656246/9851197153
🙏 यहाँहरूको सहयोग, सद्भाव र प्रार्थनाको अपेक्षामा।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
