Silvar juli

Silvar juli

Share

kajang selengor

08/02/2026

आफू पनि भ्रममा नपरौं र — अरूलाई पनि भ्रममा नपारौं!

यूसुफ, दानियल र अन्य केही अभिभावकहरू पक्कै पनि राजनीतिक तथा शासकीय पदमा संलग्न थिए। तर एउटा महत्वपूर्ण कुरा बुझ्न आवश्यक छ — उनीहरू मण्डलीको शासकीय पद (Pastoral Office) मा थिएनन्। यही भिन्नतालाई नबुझ्दा आज धेरै भ्रमहरू जन्मिरहेका छन्।

ख्रीष्टियानहरू राजनीति, प्रशासन, शासकीय वा सार्वजनिक सेवामा संलग्न हुनु ठूलो अवसर हो। त्यस्ता स्थानहरूमा उनीहरूले “संसारको राज्य” भित्र रहेर परमेश्वरको ज्योति झल्काउन सक्छन्। तर पास्टर वा आत्मिक अगुवाहरूले प्रत्यक्ष रूपमा राजनीतिक पद धारण गर्नु भने गम्भीर जोखिमसँग जोडिएको र बोलावट बाहिरको विषय हो।

यूसुफ र दानियललाई परमेश्वरले विशेष उद्देश्यका साथ गैर–इसाई (पागन) शासन व्यवस्थाभित्र नियुक्त गर्नुभयो — आफ्ना जनताको रक्षा गर्न र राष्ट्रको लौकिक प्रशासन बुद्धिमानीपूर्वक सञ्चालन गर्न। उनीहरूको जिम्मेवारी देशको भौतिक, आर्थिक र राजनीतिक व्यवस्था सम्हाल्नु थियो।
तर यसको ठीक विपरीत, नयाँ करार अनुसार पास्टर र आत्मिक अगुवाहरूको मूल बोलावट “वचनको सेवा र प्रार्थना” मा समर्पित हुनु हो, र परमेश्वरको गोठालोझैँ मण्डलीको आत्मिक हेरचाह गर्नु हो। पास्टर राष्ट्रको शासनका लागि होइन, आत्मिक परिवारको संरक्षण र परिपक्वताका लागि बोलाइएका हुन्।

एक साधारण ख्रीष्टियान यूसुफ र दानियलझैँ राजनीति, व्यापार वा प्रशासनमा गएर समाजमा परिवर्तनको साधन बन्न सक्छ। तर पास्टर भने “परमेश्वरको राज्य” का प्रतिनिधि हुन् — जसले मण्डलीलाई आत्मिक दिशामा डोर्‍याउँछन्।

जब पास्टर वा आत्मिक अगुवा प्रत्यक्ष रूपमा राजनीतिक पदमा प्रवेश गर्छन्, उनी दुईवटा डुङ्गामा खुट्टा राखेजस्तै हुन्छन्। यसले स्वार्थको द्वन्द्व (conflict of interest), प्राथमिकताको भ्रम, र परमेश्वरको सेवामा कमजोरिकरण ल्याउँछ। प्रायः यसका नतिजाहरू फाइदाभन्दा हानिकारक देखिन्छन् — जस्तै मण्डलीमा विभाजन, सुसमाचार प्रचारमा बाधा, हेरफेर (manipulation), प्रलोभन, चर्चको पवित्रता कमजोर हुनु, झगडा र द्वन्द्व, गवाही बिग्रिनु, आत्मिक प्रभाव घट्नु, दर्शन हराउनु आदि।

बाइबलले हामीलाई “संसारको नुन र ज्योति” हुन आह्वान गर्छ। तर पास्टरहरूका लागि त्यो ज्योति राजनीतिक उम्मेदवार बनेर होइन, समाजको विवेक बनेर — सत्यको पक्षमा निर्भीक उभिएर — अझ प्रभावकारी रूपमा चम्किन्छ।

यदि कुनै पास्टर वा आत्मिक अगुवा राजनीतिमा प्रवेश गर्नै चाहन्छन् भने, उनीहरूले आत्मिक सेवाको जिम्मेवारी र राजनीतिक भूमिकाबीच स्पष्ट छुट्याइ (separation) गर्नैपर्छ। दुवैलाई सँगसँगै बोकेर हिँड्नु आत्मिक रूपमा जोखिमपूर्ण र मूर्खतापूर्ण हुन्छ।

यसकारण, यूसुफ र दानियलको उदाहरण प्रयोग गरेर पास्टर र चर्च अगुवाहरूलाई प्रत्यक्ष राजनीतिक पदमा जान प्रेरित गर्नु बाइबलीय सन्दर्भको गलत प्रयोग हो।

परमेश्वरले सबैलाई एउटै बोलावट दिनुहुन्न —
कोही “संसारको शासन” भित्र ज्योति बन्न बोलाइएका छन्,
र कोही “परमेश्वरको घर” भित्र गोठालोपन गर्न।

— सुरज सुब्बा

Ps Lazarus Thulung | माथिका कुरामा मन लगाउने विश्वासीको जीवन कस्तो हुनुपर्छ ? 05/06/2025

Ps Lazarus Thulung | माथिका कुरामा मन लगाउने विश्वासीको जीवन कस्तो हुनुपर्छ ? ✅हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नु.....

27/05/2024

May 2024 is Your Best Year🥰🥰

13/03/2024

I have reached 100 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

16/08/2023

क्रूसमा टाँगिनको लागि तयार भएर यरुशलेममा प्रवेश गर्ने बेला येशू केमाथि चढ्नुभयो? उत्तर सजिलै छ –– गधाको बछेडोमाथि। भाषागत हिसाबले यो उत्तर गलत हो किनकि गधाको बच्चालाई ‘बछेडो’ होइन ‘पाजी’ भनिन्छ। त्यसो भए ‘बछेडो’ केलाई भनिन्छ त? नेपाली बृहत् शब्दकोशले ‘बछेडो’को अर्थ ‘घोडाको बच्चा’ भनेर परिभाषित गरेको छ। नेपाली बाइबलमा ‘गधा र त्यसको बछेडो’ (मत्ती २१ः२) भनेर किन अनुवाद गरियो भन्ने विषयमा सायद कसैले ध्यान दिएनन्। सायद आकारमा फरक भए पनि गधा र घोडा उस्तै देखिएको कारण झुक्किएको हो भनौं भने बाइबल अनुवादमा यस्तो झुक्याइले स्थान पाउन नहुने हो।

अपवादको रूपमा कतै–कुनै ठाउँमा गधाको बच्चालाई बछेडो भनिन्थ्यो कि भन्ने सूक्ष्म अध्ययन पनि सायद भएन होला। यति हुँदाहुँदै पनि नेपाल बाइबल सोसाइटीद्वारा प्रकाशित पवित्र बाइबलमा गधाको बच्चालाई ‘बछेडो’ किन भनियो सो हामी जान्दैनौं।

मौलिक ग्रीकबाट नेपालीकरण गर्दा घोडालाई गधाको रुपमा बुझेको हो कि भनेर नियाल्दा यसमा गधा नै भेटियो। ग्रीकमा गधालाई ओनोन (ὄνον) भनिन्छ र त्यसको बच्चालाई पोलोन (πῶλον) भनिएको छ (मत्ती २१ः१–११) तर घोडाको लागि हिप्पोन (ἵππων) शब्द चलाइएको छ। गधा र घोडामा झुक्किने साझा शब्द मौलिक ग्रीकमा चलाइएको छैन। हुन त कुनै पनि अनुवाद कहिल्यै पनि सिद्ध हुन सक्दैन तर हामी यसको निकटतासम्म मात्र जान सक्छौं। नेपाल बाइबल सोसाइटीद्वारा प्रकाशित पवित्र बाइबल अन्य संस्थाहरूले प्रकाशन गरेका संस्करणहरूको तुलनामा ठेट भए पनि अनुवादमा थुप्रै भाषागत त्रुटिहरू अझै छन्। केही कमजोरीहरूलाई मैले मेरा पुस्तकहरूमा पनि औंल्याएको छु। यसमा भएका खोटहरूलाई सुधार्नको लागि नेपाल बाइबल सोसाइटीले ध्यान दिएको पाइएन, अब ध्यान जाओस्।

द्रष्टव्य: ७ वर्षअघिको पोस्टमाथि हल्का संसोधन

01/08/2023

#ख्रीष्टका_वरदानहरु :
१) प्रेरित २) अगमवक्ता ३) प्रचारक ४) पास्‍टर ५) शिक्षक

“अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए,
कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू,
कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू
र कोही शिक्षकहरू बनून्।”

‭‭—— एफिसी‬ ‭४ः११

01/08/2023

धर्म !!!!!! धर्म !!!!!! धर्म !!!!!!
गिद्धको बच्चाले भन्यो - "आज मलाई मान्छेको मासु खान मन लागेको छ।"
गिद्धले भन्यो - "हुन्छ छोरा l म बेलुका लिएर आउँछु।"
यति भनेर ऊ उड्यो र बेलुका सुँगुरको मासु लिएर आयो ।
बच्चाले भन्यो - "यो त सुँगुरको मासु हो l मलाई त मान्छेको मासु खान मन लागेको छ।"
गिद्धले भन्यो - "पर्खि छोरा l म बेलुकासम्ममा बन्दोबस्त गर्छु । "यति भनेर गिद्ध उड्यो ।
बेलुकी मरेको गाईको मासु लिएर आयो ।
बच्चाले रिसाउँदै भन्यो - "यो त गाईको मासु हो, मैले त मान्छेको मासु भन्या थिएँ।"
गिद्ध फेरि उड्यो र उसले सुँगुरको मासु मस्जिदको छेउमा अनि गाईको मासु मन्दिरको छेउमा लगेर फ्याँकि दियो ।
केही समयपछि त्यहाँ धार्मिक द्वन्दले काटमार सुरु भयो l मान्छेका लाशहरू बग्रेल्ती भेटिए ।
गिद्धका बाउछोरा मिलेर अघाउँजी मान्छेको मासु खाए ।
गिद्धको बच्चालाई यो कुरा अचम्म लाग्यो र बाउलाई सोध्यो - "यो सब चमत्कार तपाईंले कसरी गर्नुभयो, यति धेरै मान्छेको मासु ?"
गिद्धले भन्यो - "छोरा ! केही धुर्त मान्छेहरूले आफ्नो स्वार्थकालागि 'धर्म' नामको भाइरस फैलाएका छन् । अनि यही धर्मको नाममा मर्न र मार्न तयार हुन्छन् ।
धन्य छोरा l हाम्रो कुनै धर्म छैन र आनन्द छ l
त्यसैले तँ मज्जाले मासु खा ।त्यसकारण अन्धभक्त भएर धार्मिक अपबाह फैलाउने र समाज भाड्ने देखि होशियार बनौ साचो इस्वर एउटै हुनुहुन्छ जस्लाइ धर्म र कर्म मा अल्झिनु हुदैन तर साचो हृदय र बिश्वास गर्ने लाई मुक्ती दिनुहुन्छ।र अनन्त जिवन पनि उनै येशुमा प्राप्त हुन्छ धर्म कर्म बाट टाढा तर इस्वर सङ्ग प्रेम गाढा jesus is everything ....

#साभार

28/07/2023

“किनभने मेरो वचन पाउनेको निम्‍ति त्‍यो जीवन हो, र त्‍यसको सारा शरीरको निम्‍ति स्‍वास्‍थ्‍य हो।”
‭‭
——— हितोपदेश‬ ‭४ः२२

24/07/2023
Want your business to be the top-listed Beauty Salon in Kajang?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kajang
Kajang
43000