Rajan Dedicated

Rajan Dedicated

Share

walk

18/09/2023

व्रत

साझ परेपछि मेसेन्जर कल गर्थी र भन्थी । अनुहार देखाउनु त , मैले व्रत तोड्न लाग्या क्या।
पण्डित जि ले बिहान मन्दिर जादा भन्नू भएको मनको देउताको अनुहार हेरेर मात्र पानी पिउनु पर्छ रे । मैले जानीजानी भिडियो कल काटेर अडियो कल गर्थे र जिस्काउथे ।
साउन भरी त शिव जि को लागी भन्थेउ त ? अस्ति कृष्ण जमेको दिन नि कृष्णको लागी भनेउ ? आज फेरि मेरो लागी ? अचम्म छ बा मौसम अनुसार देउता फेर्छेउ, मन अनुसार मान्छे त फेर्ने हैन नि ?
रिसाएर भन्थी
यो मान्छे कुरा बनाउन कति जानेको ।
मम्मिले बोलाउनु भो छिटो देखाउनु न अनुहार, किचनमा खान बोलाउनु भको, पेट बटारी सक्यो मेरो तपाईं पनि ! यति भनेर लामो सुस्केरा काडि । मलाई जिस्काउन पुगेकै थिएन । फेरि भने तीजको व्रत त राम्रो पति पाउनको लागी बस्छन् हैन र अविवाहितहरु म त जाबो बोइफ्रेन्ड त हो ।
बिचमा कुरा काटेर भन्थी , तपाईं मेरो बोइफ्रेन्ड मात्र हो र सबथोक हो । बढी नबोल्नुस नि ।
सबथोक हो भने किन राम्रो पति पाउ भनेर व्रत बसेकी त ? कि म राम्रो छैन ? मैले प्रश्न तेर्साई हाल्थे । सधै उसले सताउथी यस्तै यस्तै दिन मेरो पालो आउँथ्यो । पाएको मौका छोड्ने कुरै भएन । फेरि भने मुख मात्र हेरेर हुन्छ, खुट्टाको जल चाहिँ को खान्छ नि ?
जमाना फेरिए तपाई अझै खुट्टाको जल भन्दै बस्नु । उसले भन्थी । त्यसो भए पर्दैन हेर्न भनेर मेसेन्जरको कल काटिदिए, अनि फोन कल गरेर भने। लाईन गयो ।
फेरि जिस्किए, तिमीले साच्चिकै मलाई मन बाट हेर्न खोजेको हैन छ क्यारे । बिजुली रिसायो पुतली संग । हा हा म हासे ।
मलाई तपाई ले बुझिदिए पुग्छ । मेरो सबै भगवान् तपाईं नै त हो । मलाई बिजुली, घाम जुन जे रिसाएनी पिर छैन, बस हजुर खुशीले बोलिदिए म आँखा बन्द गरेर नि संसार उज्यालो देख्छु ।मेरो बेबे पिलिज भनेको माननुस्न । उसले मलाई फकाउँथी ।
म यति सजिलै माने वाला थिइन । अरु दिन उसले मलाइ बिना सित्तैमा किच किच गर्थी आज पालो मेरो हो, मनमनै सोचे।
अझै दुईचार कुरा सोधेर जिस्काउ सोचे । उसले आफ्नो ब्रमास्त्र परोग गरि हाली, सुक सुक गर्दै भनी तपाईंले जैले रुवाउनु हुन्छ । कहिलेकाही लाग्छ हजुरले मलाइ माया गर्नु हुदैन, नाटक मात्र गर्नु हुन्छ । यति सुनेपछि मेरो ढुङ्गा जस्तो हुन खोजेको मन नौनी भएर पग्लिहाल्थो।
भिडियो कल गरे, अब उसको सुरु भयो एक दुई पटक फोन काटी । जब फोन उठाई आशु पुस्दै थि ।
भने हेर त तिम्रो भगवान प्रकट भयो तिम्रो फोनमा । खुशी भएर हासी अनि भनी मेरो बुडु । ल म पानी पिउँछु अनि फलफूल खान्छु अनि कुरा गरौंला ल । मैले हुन्छ भने उसले कल काटी ।
केही बर्ष पहिले तीजमा उसले यसरी कल गरेर मेरो अनुहार हेरेर व्रत तोड्थी । तर अचेल मेरो मन तोडेकी छे । यो बर्ष पनि त व्रत बसि होली तीजमा, हिजो मलाई भगवान माने जस्तो आझ कसैलाई भगवान् मानेर अनुहार हेरेर त व्रत तोडि होला उसले । उसको जीवनमा त नया नया अनुहार आए होलान जसलाई उसले बर्सेनि भगवान मानी । म भने अझै अल्झिरहेछु उसको तस्बिरमा, उसले खाएका झुटा बाचाहरूमा, उसले प्यारो मानेर दिएका आँसुहरूमा ।

22/11/2016

मुटुमा मेरो नामको दरबार बनाएर ,
सिउदोमा अर्कैको सिन्दुर नहोस ।

27/10/2016

रहस्यहरु किन ढाकिन्छ्न जिन्दगिका ?
आकर्षणहरु किन छोपिन्छ्न जीवनका ?
उफ पापी समय!
पापि सम्झना !

23/10/2016

बेमौसमी बेमानी नजर हरु

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Syangja
Kathmandu