Rasilo Agriculture Nepal Pvt .Ltd
आफ्नै उत्पादन, संकलन, प्रसोधन, प्याकेजिङ र वजारीकरण सहितको गुणस्तरिय उत्पादन हरू �
16/07/2026
आज Hotel Himalaya, Lalitpurमा आयोजित Nepal–Korea Labour Cooperation Seminar 2026 मा आफ्नो उद्यमशीलता तथा व्यवसायिक यात्राका अनुभवहरू सहभागीहरूसँग साझा गर्ने अवसर प्राप्त गर्नु हाम्रा लागि अत्यन्तै गौरवको विषय रह्यो।
यस महत्वपूर्ण कार्यक्रममा अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्नुहुने नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोरियाली राजदूतावास,EPS शाखा K-HAMI Project तथा KOICA प्रति रसिलो परिवारको तर्फबाट हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौ ।
नेपाल–कोरिया श्रम सहकार्यलाई अझ प्रभावकारी बनाउँदै, वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको सीप, अनुभव र पुँजीलाई स्वदेशको उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा जोड्ने यस्ता पहलहरू अझ सशक्त हुँदै जाऊन् भन्ने शुभकामना व्यक्त गर्दछौ
धन्यवाद।
22/06/2026
प्रकृतिको काखबाट साहारा सहकारीका महिला दिदिबहिनी हरुबाट उत्पादित र संकलित शुद्ध, स्वादिष्ट र गुणस्तरीय जंगली, फापर र तोरिको मह अब "रसिलो" ब्रान्डमा चाडै बजारमा आउदैछ ।
27/05/2026
With Baniya jitendra – I just got recognized as one of their top fans! 🎉
27/05/2026
डोल्पाको शे-फाेक्सुण्डाे -७ कु गाउँमा खेतबारीमा खेति गरिदै । डोल्पामा यतिबेला उवा छर्ने बेला भएको छ ।सलाम छ तपाइहरुको मेहनतलाइ तबन हामिले उवाको सातु खान पाएका छौ
15/05/2026
रसिलो एग्रिकल्चर नेपाल प्रा लिमा आगामी कार्ययोजना खाद्यान्नको गुणस्तर,गोदाम ब्यावस्थापन,सरसफाइ,जिम्मेवारी कार्यान्यन लगायत बिभिन्न बिषयमा छलफल गर्दै रसिलो एग्रिकल्चरका कर्मचारीहरु संग ॥
23/02/2026
सुरुवातको समय देखि विभिन्न क्षेत्र बाट आफ्नो योगदान रसिलोलाइ गर्दै आउनु भएका व्यक्तिहरुलाइ परिवारको सदस्यको रुपमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ यहाँ हरुको उर्जा र क्षमताले रसिलोलाइ थप उचाइमा पुर्याउने छ हार्दिक स्वागत
15/01/2026
माघे सङ्क्रान्ति सूर्यको उत्तरायण यात्रा सुरु हुने ऐतिहासिक दिन हो। प्राचीन वैदिक सभ्यतादेखि नै यसलाई प्रकाश, ऊर्जा र नयाँ चक्रको आरम्भका रूपमा मानिँदै आएको छ। नेपालमा लिच्छवि कालदेखि माघे सङ्क्रान्ति धार्मिक, कृषि र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको पर्व हो।
तिल, चाकु, घिउ खाने परम्परा केवल संस्कार होइन, शीतकालीन जीवनशैलीसँग जोडिएको लोकविज्ञान हो। थारु समुदायको माघीदेखि पहाड–तराईसम्म मनाइने यो पर्वले नेपालको बहुसांस्कृतिक इतिहासलाई एउटै सूत्रमा बाँध्छ।
माघे सङ्क्रान्ति सम्झाउँछ—समय बदलिन्छ, तर सभ्यता र संस्कृतिले राष्ट्रलाई निरन्तरता दिन्छ।
माघे सङ्क्रान्तिको शुभकामना।
08/01/2026
रैथाने बीउ केवल अन्नको स्रोत होइन, हाम्रो पहिचान, संस्कृति र आत्मनिर्भरताको आधार हो। यी बीउहरूमा हाम्रो माटोको स्मृति, पुर्खाको ज्ञान र प्रकृतिसँगको सहअस्तित्व समाहित छ। आज यदि हामीले रैथाने बीउको रक्षा गर्न सकेनौँ भने भोलि हामी आफ्नै खेतबारीमा परनिर्भर बन्न बाध्य हुनेछौँ।
रैथाने बीउको संरक्षण गर्नु हाम्रो पुस्ताको कर्तव्य मात्र होइन, भावी पुस्ताको सुरक्षित भविष्यको सुनिश्चितता हो। बीउमाथिको स्वामित्व गुमाउनु भनेको खाद्य अधिकार, किसानको आत्मसम्मान र राष्ट्रको सार्वभौमसत्तामाथि सम्झौता गर्नु हो। त्यसैले बीउ जोगाउनु भनेको राष्ट्र जोगाउनु हो।
आउनुहोस्, नाफाभन्दा पहिला जीवन, बजारभन्दा पहिला माटो र आयातभन्दा पहिला आत्मनिर्भरतालाई प्राथमिकता दिऔँ। रैथाने बीउको संरक्षणबाटै समृद्ध किसान, सुरक्षित खाद्य प्रणाली र स्वाधीन राष्ट्रको आधार तयार हुन्छ।
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Naya Thimi
Thimi
44800
